+
+
Shares

बुटवलस्थित नमस्ते एकेडेमी अब ब्रिटिस कलेजको ब्यवस्थापनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २५ गते १८:३८

२५ असार, काठमाडौं । काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमीको ब्यवस्थापन गर्ने भएको छ । सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गरिरहेको कलेजको ‘ब्रिटिस एजुकेशन ग्रुप’ले नमस्ते एकेडेमीलाई पनि ब्यवस्थापन गर्न लागेको हो ।

स्थापनाकालदेखि नै अग्रगामी ग्लोबल कलेजको रुपमा खडा भएको टीबीसीले ब्यवस्थापनको साझेदारी गरेसँगै नमस्तेको शैक्षिक गुणस्तर पनि अन्तर्राष्ट्रियस्तरको हुने दावी गरिएको छ । कलेजका संस्थापक तथा कार्यकारी निर्देशक राजन कँडेलका अनुसार नमस्ते एकेडेमी पनि ब्रिटिस एजुकेशन ग्रुपमा आएकोले गर्दा आगामी दिनमा अझै राम्रो शिक्षा प्रदान गरिने बताए । टीबीसीमा झण्डै एक दशकदेखि गुणस्तरिय शिक्षा प्रदान गरिरहेको ब्यवस्थापन टिमको अनुभव नमस्तेको लागि पनि फलदायी हुने कँडेलको विश्वास छ ।

नमस्तेको ब्यवस्थापन टीबीसीले गर्ने भएपछि जारी शैक्षिक सत्रमा नै थुप्रै परिवर्तनहरु हुने भएका छन् । लुम्बिनी प्रदेशमा अंग्रेजी भाषाको उत्कृष्ट शैक्षिक संस्था बन्ने लक्ष्य दिएको ब्यवस्थापन टिमले शैक्षिक क्रियाकलापहरु थप उत्कृष्ट बनाउने उदेश्यले कार्यक्रमहरु थप गरेको हो ।

यसको लागि विद्यालयको एकेडेमिक डाइरेक्टरमा मार्क बार्थोलोमेउलाई नियुक्त गरिएको छ । शैक्षिक ब्यवस्थापनमा दख्खल बार्थोलोमउ बेलायती नागरिक हुन् । बेलायतमा धेरै शैक्षिक परियोजनाहरुको नेतृत्व गरेका उनीसँग ब्रिटिस काउन्सिल तथा विश्वको प्रतिष्ठित विश्वविद्यालय क्याम्बि्रजमा काम गरेको २० वर्षको अनुभव छ ।

‘हाम्रो उदेश्य भनेको गुणस्तरिय र परिमार्जित शिक्षा प्रदान गरेर विद्यार्थीहरुलाई प्रतिस्पर्धी बनाउनु हो । नेपाली समुदायमा गुणस्तरिय सेवा प्रदान गर्नु हो । लुम्बिनी प्रदेश मै उत्कृष्ट अंग्रेजी भाषाको शैक्षिक संस्थाको रुपमा उभ्याउनु हो’ एकेडेमिक डाइरेक्टर बार्थोलोमेउले भने, ‘हामी ज्ञानसँगै अतिरिक्त क्रियाकलापहरु खेलकूद, कला तथा अन्य चाहिने सुविधाहरु प्रदान गरेर विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा नै प्रतिस्पर्धी बनाउन कटिबद्ध छौं । नमस्तेमा विद्यार्थीहरुले प्रयोगात्मक ज्ञानहरु पाउनेछन् ।’

त्यस्तै, नमस्तेले जारी शैक्षिक सत्रबाट कक्षा ११ को पढाई समेत संचालनमा ल्याएको छ । विज्ञान तथा ब्यवस्थापन विषयमा कक्षा ११ को पढाई सुरु भएको छ । गुणस्तरिय शिक्षा प्रदान गर्न कटिबद्ध नमस्तेमा भर्ना गर्न तथा गराउन इच्छुक प्ले ग्रुप (पीजी) देखि कक्षा ११ सम्मका विद्यार्थी तथा अभिभावकहरुले चाँडै सम्पर्क गर्नुहुन एकेडेमीले अनुरोध गरेको छ ।

ब्रिटिस एजुकेशन ग्रुपले नेपालसहित लण्डन तथा दुवाईमा पनि कलेजहरु संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?