
२५ असार, बैतडी । भरुवा बन्दुकसहित प्रहरीले दुई जनालाई बैतडीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाटन नगरपालिका–१ सकारका ३६ वर्षीय नारदप्रसाद भट्टराई र ३८ वर्षीय लक्ष्मण भट्टराई रहेका छन् ।
उनीहरू दुवैलाई बराइल रौटे भन्ने जंगलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । सकार जंगलमा चोरी शिकारी भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले सोधी खोजी गर्दा दुवैलाई जंगलबाट बन्दुकसहित फर्किरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैमाथि हातहतियार तथा खरखजना ऐनअनुसार कारबाही हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4