Comments Add Comment

स्टार तर युरोकप फ्लप ९ खेलाडी

२५ असार काठमाडौं । युरोकप २०२० मा अब एक खेल बाँकी छन् । इटली र इंग्ल्याण्डबीच आइतबार हुने प्रतिस्पर्धापछि युरोले विजेता पाउनेछ ।

अहिलेसम्म ५० खेल सकिसकेका छन् । युरो सुरु हनुअघि केही टिम र खेलाडीले राम्रो गर्ने अपेक्षा गरिएको थियो । केहीले अपेक्षा अनुसार प्रदर्शन गरे । तर केही नाम चलेका स्टार भनिएका खेलाडी फ्लप भए ।

रोवर्ट लेवान्डोस्की – पोल्याण्ड

पोल्याण्डका कप्तान रोवर्टो लेवान्डोस्कीका लागि यो युरोकप सुखद रहेन । किनकी उनको टिम समूह चरणबाटै बाहिरियो । लेवान्डोस्कीले समूह चरणमा ३ गोल गरेपनि पोल्याण्डलाई अघि बढाउन सकेनन् ।

पहिलो खेलमै स्लोभाकियासँग पराजित भएपछि पोल्याण्ड दोस्रो खेलमा स्पेनसँग १-१ को बराबरी खेलेको थियो । तर तेस्रो खेलमा स्वीडेनसँग ३-२ ले पराजित भएपछि पोल्याण्डले जममा २ अंक मात्र जोड्न सक्यो ।

लेवान्डोस्कीले स्वीडेन विरुद्ध २ गोल गरेपनि जितका लागि पर्याप्त भएन । जर्मन क्लब बायर्न म्युनिखमा शानदार प्रदर्शन गर्दै युरोपियन गोल्डेन बुट समेत जितेका लेवान्डोस्की युरोमा भने सफल हुन सकेनन् ।

थोमस मुलर – जर्मनी

थोमर मुलर २ वर्षपछि जर्मनीको राष्ट्रिय टोलीमा फर्किएका थिए । मुलरसँगै डिफेण्डर माट हुमेल्स पनि जर्मनीको युरो खेल्ने टिममा समावेश भए । अनुभवी र युवा खेलाडीको मिश्रण रहेको जर्मनीलाई उपाधिको दाबेदारीका रूपमा हेरिएको थियो । तर जर्मनी अन्तिम १६ मा इंग्ल्याण्डसंग पराजित हुँदै बाहिरियो । मुलरका लागि पनि युरो राम्रो रहेन । उनले युरोकप २०२० मा एक गोल पनि गर्न सकेनन् ।

किलिएन एम्बाप्पे – फ्रान्स

सन् २०१८ मा फ्रान्सले फिफा विश्वकप जित्दा किलिएन एम्बाप्पे अन्तर्राष्ट्रिय फुटबलरका रूपमा उदाएका थिए । यस पटक पनि उनीबाट फ्रान्सले ठूलो आशा राखेको थियो । तर एमबाप्प्ले यस पटक केही गर्न सकेनन् । उनले एक गोल पनि गर्न सकेनन् । अन्तिम १६ को खेलमा स्वीट्जरल्याण्डविरुद्ध एमबाप्पेले निर्णायक पेनाल्टी गुमाउँदा फ्रान्स पेनाल्टी सुटआउटमा पराजित हँदै बाहिरिएको थियो ।

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मनेका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका एमबाप्पेले यस पटक सबैलाई निराश पारे ।

एन्टोइन ग्रिजम्यान – फ्रान्स

विश्वकप विजेता तथा युरोकपको साविक उपविजेता फ्रान्सको परवार्ड लाइन यसपटक उत्कृष्ट थियो, जहाँ एमबाप्पेसँगै एन्टोइन ग्रीजमन र करिब ६ वर्षपछि राष्ट्रिय टिममा फर्किएका करिम बेन्जामा थिए ।

तर कुनै खेलाडीले पनि सोचेअनुसार प्रदर्शन गर्न सकेनन् । क्लबमा गरेको प्रदर्शन राष्ट्रिय टिममा देखिएन । पछिल्लो पटक घरेलु मैदानमा युरोकपमा हुँदा सर्वाधिक ६ गोल गरेका ग्रीजमनले उत्कृष्ट खेलाडी बनेका थिए । तर यस पटक ग्रिजमनले एक गोल मात्र गरे ।

एनगोलो कान्टे – फ्रान्स

युरोअघि मात्रै इंग्लिस क्लब चेल्सीबाट च्याम्पियन्स लिग जितेका मिडपिल्डर कान्टेले जित्न बाँकी युरोकप मात्रै थियो । उनले विश्वकप पनि जितिसके । प्रिमियर लिग जिते । मिडफिल्डमा उनको खेल सधैँ उत्कृष्ट रहँदै आएको छ ।

तर यस पटक भने फ्रान्सका लागि उनले त्यस्तो जादु देखाउन सकेनन् ।

बर्नार्डो शिल्भा – पोर्चुगल

पोर्चुगलका फरवार्ड बर्नार्डो शिल्भा इंग्लिस क्लब म्यानचेष्टर सिटीबाट खेल्छन् । सिटीले प्रिमियर लिग जित्दाका सदस्य बर्नार्डो शिल्भाले यस पटक पोर्चुगलका लागि भने खासै राम्रो खेल देखाउन सकेनन् ।

ब्रुनो फर्नान्डेज – पोर्चुगल

साविक विजेता पोर्चुगलमा क्रिस्टियानो रोनाल्डोसँगै धेरै नाम चलेका खेलाडी थिए । उनीहरूमध्ये ब्रुनो फर्नान्डेज पनि एक थिए । इंग्ल्स क्लब म्यानचेष्टर युनाइटेडबाट खेल्ने ब्रुनो फर्नान्डेजबाट पोर्चुगलले यस पटक युरोमा ठूलो आशा राखेको थियो ।  तर क्लबमा गरेको प्रदर्शन उनले देशका लागि दोहोर्‍याउन सकेनन् ।

उनी मिडफिल्डमा हराएको जस्तो देखिए । सुरुवाती खेलहरुमा पहिलो रोजाईँमै खेलेका ब्रुनो पछिल्ला खेलमा फस्ट ११ मै पर्न सकेनन् । उनलको स्थानमा रेनाटो सान्चेजले राम्रो खेलेका थिए ।

केभिन डे ब्रुयेन – बेल्जियम

युरोअघि च्याम्पियन लिग फाइनल खेल्ने क्रममा म्यानचेष्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुयेन घाइते भएका थिए । चेल्सीसँग सिटी १-० ले पराजित भएको फाइनल भिडन्त उनले बिचमै छाड्नु परेको थियो ।

राम्रो फिट नभएकै कारण उनले बेल्जियमका लागि पहिलो खेल खेल्न पाएनन् । डेनमार्क विरुद्धको दोस्रो खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै उनले खेलको स्वरुप नै बदले । उनले बेल्जियमको जितमा एक गोल समेत गरे ।  तर त्यसपछि भने उनले राम्रो प्रदर्शन गर्न सकेनन् ।

गोल्डेन जेनेरेसनको रुपमा रहेको विश्व नम्बर वान बेल्जियम क्वार्टरफइनलमा इटलीसँग पराजित हुँदै बाहिरियो । प्रिक्वाटरफाइनलमा पोर्चुगल विरुद्धको खेल चोट लागेका उनले चोटकै बावजुत पनि इटली विरुद्ध पूरा समेत खेलेका थिए ।

थियागो अल्कान्टारा – स्पेन

स्पेनका लागि जर्सी नम्बर १० लगाउने खेलाडी हुन् थियागो अलकान्टारा । तर युरोकप २०२० भने उनको प्रदर्शन त्यसअनुसारहुन सकेन । स्पेनले क्वार्टरफाइनलसम्म ५ खेल खेल्दा उनले ४ खेलमा अवसर पाए । तर सबै खेलमा वैकल्पिक खेलाडीका रूपमा । उनले मैदानमा जम्मा ६५ मिनेट मात्र बिताउन पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment