+
+
Shares

साताको सेयर बजार : कुनले कमाए ? कुनले गुमाए ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २६ गते ८:५५

२६ असार, काठमाडौं । असारको तेस्रो साता सेयर बजार समग्रमा घटेर बन्द भयो । सातामा भएका पाँच कारोबार मध्ये अन्तिम दिन बिहीबार दोहोरो अंकले बजार बढेर बन्द भएको थियो ।

बिहीबार बजार बढे पनि बाँकी चार दिन घटेका कारण सातामा नेप्से परिसूचक २७ दशमलव २४ अंकले घटेको छ ।

अघिल्लो २ हजार ८ सय ५२ दशमलव २४ अंकमा रहेको नेप्से परिसूचक २ हजार ८ सय २५ दशमलव १० अंकमा झरेको छ । सातामा सबैभन्दा धेरै आकर्षण उत्पादनमूलक समूहमा देखिएको छ । या समूहको सबइन्डेक्स सबैभन्दा धेरै ४३१ अंक अर्थात ७ दशमलव ५७ प्रतिशतले बढेको छ ।

यसबाहेक पनि व्यापार, बैंकिङ र म्युचुअल फण्ड पनि बढेका छन् । व्यापार समूहको सवइन्डेक् ४२ अंकले बढेको छ भने बैंकिङ समूह ४ अंकले बढेको छ ।

उता घट्नेहरुको शिर्ष स्थानमा भने हाइड्रोपावर क्षेत्र देखिएको छ । हाइड्रो सातामा ५ दशमलव २८ प्रतिशतले घटेको छ । घट्ने दोस्रोमा फाइनान्स समूह ३.४२ प्रतिशत र तेस्रोमा लगानी समूह २.२२ प्रतिशत रहेको छ ।

कारोबारमा हिमालय डिस्टीलरी पहिलो

सातामा सबैभन्दा धेरै कारोबार हुनेमा हिमालय डिस्टीलरी लिमिटेडको सेयर देखिएको छ । बिहीबार प्रतिकित्ता ६३ रुपैयाँले बढेर यस कम्पनीको सेयर मूल्य ५ हजार ५ सय २५ रुपैयाँमा बन्द भएको छ ।

कारोबार रकमका आधारमा दोस्रो नम्बरमा माथिल्लो तामाकोशी देखिएको छ ।

हेर्नुस् कुन कम्पनीको कति कारोबार :

क्र.सं. कम्पनीको नाम कारोबार रकम
हिमालय डिस्टीलरी १ अर्ब ३१ करोड ७४ लाख ८८ हजार
२. माथिल्लो तामाकोशी ९५ करोड २५ लाख ३४ हजार
३. छिमेक लघुवित्त ६० करोड २१ लाख ६७ हजार
४. निफ्रा ५९ करोड ८३ लाख ३० हजार
५. नेपाल बैंक ५९ करोड ८१ लाख ३२ हजार

 

माथिल्लो तामाकोशीको सेयर मूल्यमा पहिरो

सातामा सबैभन्दा धेरै सेयर मूल्य घट्ने पहिलो नम्बरमा माथिल्ले तामाकोशी देखिएको छ । यो कम्पनीको सेयर मूल्य एक सातामै १०४ रुपैयाँले घटेको छ ।

जुन १२ दशमलव ९४ प्रतिशत हो । यहीँ सातामात्रै तामाकोशी आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । धेरै घट्नेको दोस्रो नम्बरमा भने नेको इन्स्यारेन्स देखिएको छ । तालिकामा हेर्नुस् धेरै मूल्य घटेका कम्पनीहरुः

क्र.सं. कम्पनीको नाम घटेको मूल्य (प्रतिशतमा)
माथिल्लो तामाकोशी १२.९४
२. नेको इन्स्यारेन्स १२.१३
३. राधी जलविद्युत् ९.३३
४. गुहेश्वरी फाइनान्स ८.८५
५. मल्टिपर्पज फाइनान्स ८.३३

 

यी कम्पनी जसले धेरै कमाए

सातामा सबैभन्दा धेरै सेयर मूल्य बढ्नेमा सिभिल लघुवित्त वित्तीय संस्था पहिलो नम्बरमा देखिएको छ । यस कम्पनीको सेयर मूल्य मसबैभन्दा धेरै ८ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ । हेर्नुस् मूल्य बढ्ने अन्य कम्पनीहरुको अवस्थाः

क्र.सं. कम्पनीको नाम बढेको मूल्य (प्रतिशतमा)
सिभिल लघुवित्त ८.३९
२. राष्ट्रिय बिमा कम्पनी (संस्थापक) ७.९१
३. छ्याङ्दी हाइड्रो ७.७७
४. कर्पोरेट डेभलपमेन्ट बैंक ७.३८
५. हिमालय डिस्टीलरी ७.०७
१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?