+
+

सन् २०२१ भित्र सबैजसो नागरिकलाई खोप दिन्छौं : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २७ गते १३:१४

२७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैजसो नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने बताएका छन् । आइतबार काठमाडौंको वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै उनले खोप अभावमा कोही तडि्पन नपर्ने बताए ।

‘२०२१ भित्रमा भ्याक्सिन लगाइसक्ने गरी हामी प्रयास गरिरहेका छौं, केही समस्या आइपरेमा त्यो भन्दा पर पनि जान सक्छ’ उनले भने, ‘तर भ्याक्सिनको अभावबाट अब तड्पिन पर्दैन ।’

प्रधानमन्त्री ओलीले विगतमा केही समय कोरोना खोप अभाव हुने स्थिति देखिए पनि अब लगातार खोप आउने बताए । ‘हामी सबै नागरिकलाई खोप लगाएर सुरक्षित राख्न सक्छौं, तर जबसम्म संसारबाट कोभिड-१९ समाप्त हुँदैन, हामी सजग हुनुपर्छ ।’

कोरोना खोप ल्याउनका लागि सरकारले नयाँ नयाँ सम्झौता गरिरहेको र त्यसका लागि संवाद गरिरहेको पनि प्रधानमन्त्री ओलीले बताए ।

उनले नेपालमा प्रचलित आयुर्वेद विज्ञानको शासक वर्गले प्रचार प्रसार नगरेका कारण नेपालीहरु धामी झाँक्रीमा विश्वास गर्न पुगेका बताए ।

‘आयुर्वेदलाई शासक वर्गले सर्वसाधारणसम्म पु¥याइदिएको भए झारफुकमा विश्वास गनुपर्ने थिएन’ उनले भने, ‘आयुर्वेद शासक वर्गभित्र कैद भएर बस्यो, त्यो शिक्षा विज्ञान फैलिन पाएन ।’

प्रधानमन्त्री ओलीले नेपालमा जस्तो सस्तो उपचार पद्धति कहिँ नभएको दावी गरे । ‘नेपालजति सस्तो उपचार सेवा अन्त कहिँ पनि छैन, स्वास्थ्य सेवालाई यत्तिकै सर्वसुलभ बनाउन महंगो हुन नदिन सावधानी अपनाउनुपर्‍यो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?