+
+
Shares

कांग्रेस केन्द्रीय कार्यालयमा बाराका नेता-कार्यकर्ताको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २७ गते १३:३६

२७ असार, काठमाडौं । क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको भन्दै नेपाली कांग्रेस बाराका नेता कार्यकर्ता धर्नामा बसेका छन् ।

विभिन्न ६ बुँदे माग राखेर उनीहरु आइतबारदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् ।

पार्टीमा छलफल नै नगरी इन्ट्री गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने, पुराना क्रियाशील सदस्यता नविकरण हुनुपर्ने, विधान अनुसार नयाँ क्रियाशील सदस्यता तत्काल वितरण गर्नुपर्ने, वडा समितिको सिफारिस बिना गरिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने लगायतका माग गरिएको छ ।

धर्नामा चार वटै निर्वाचन क्षेत्रका नेता कार्यकर्ता सहभागी रहेको नेपाल विद्यार्थी संघका निवर्तमान सहमहामन्त्री राजेश रौनियारले जानकारी दिए । उनले बारामा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको बताए ।

धर्नामा पूर्वसांसदहरु राम अयोध्या यादव, लालबाबु सिंहलगायत दुई दर्जन नेता कार्यकर्ता रहेका छन् ।

कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले सदस्यता टुंगो लगाउने काम गरिरहेको छ । ७७ वटै जिल्लाबाट साढे आठ लाख क्रियाशील सदस्यको नाम सार्वजनिक गरिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?