Comments Add Comment

नेपालका सबै दलसँग सहकार्य गर्न चीन तयार : राजदूत होउ

२८ असार, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालका सबै राजनीतिक दलसँग निरन्तर सहकार्य गर्न चीन तयार रहेको बताएकी छन् ।

सोमबार बिहान आयोजित भर्चुअल पत्रकार सम्मेलनमा चिनियाँ राजदूत होउले ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ निर्माणका लागि नेपाल लगायत सबै मुलुकका राजनीतिक दल र संगठनहरुसँग मिलेर निरन्तर काम चीन तयार रहेको बताइन् ।

शान्ति, विकास, पारस्परिक लाभ र सहकार्यलाई प्रवर्द्धन गर्न चीन प्रतिवद्ध रहेको भन्दै उनले शान्तिपूर्ण विकासको बाटोमा अघि बढ्न सबै तयार रहनुपर्ने धारणा राखिन् ।

चिनियाँ राजदूत होउले नेपाल चीनको एक महत्वपूर्ण साझेदार भएको र बिआरआईमा सहकार्य भइरहेको उनले उल्लेख गरेकी छन् । बिआरआई अन्तर्गत बहुआयामिक सीमापार कनेक्टिभिटीले विस्तारै आकार लिँदै गएको उनले बताइन् ।

कोरोना महामारीमा चीनले नेपालसहित विश्वलाई सहयोग गरेको र नेपालसहित १०० भन्दा बढी मुलुकलाई ४५० मिलियन डोज उपलब्ध गराएका भन्दै राजदूतले भनिन्, ‘कोरोना महामारीविरुद्ध लड्न चीनले अन्तर्राष्ट्रिय सहकार्यलाई अगाडि बढाएको छ । भ्याक्सिनमा सबैको पहुँचका लागि प्रतिवद्ध छ ।’

नेपालले पनि चीनलाई अप्ठ्यारो परेको समयमा सहयोग गरेको उल्लेख गर्दै राजदूतले भनिन्, ‘मानव अधिकार र कोरोनाको उत्पतिको विषयमा केही मुलुकले चीनविरुद्ध गरेको गलत प्रचारको विषयमा नेपालले चीनको पक्षमा बोलेको छ ।’

चीनले हालै स्थापना गरेको चीन–दक्षिण एसियाली मुलुक गरिबी निवारण र सहकार्य केन्द्र स्थापना गरेको र त्यसका लागि नेपाल पनि सहमत भएको उनले स्मरण गरिन् । चिनियाँ राजदूत होउले भनिन्, ‘चीन विकासमा आफूले हासिल गरेको शिक्षा दक्षिण एसियाली मुलुकहरुलाई पनि बाँड्न चाहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment