+
+

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २८ गते १३:२८

२८ असार, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सोमबार बिहान गरेको बाँडफाँटमा ३६ हजार ३४९ जनाले लघुवित्तको सेयर प्राप्त गरेका छन् । जसमध्ये २ जना आवेदकको भागमा थप एक एकसहित ११ कित्ता शेयर प्राप्त गरेको बिक्री प्रबन्धकले जनाएको छ ।

लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्कासनमा ल्याएको थियो । आईपीओमा १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये २ हजार ७५३ आवेदकको ३७ हजार ९२० कित्ताका लागि दिइएको आवेदन रद्द भएको थियो ।

लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात् जारी पुँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?