Comments Add Comment

शीतलनिवास र बालुवाटारको आवेशको निर्णयलाई सर्वोच्चले सच्यायो : कांग्रेस

२८ असार, काठमाडौं । नेपाली कांग्रेसले शीतलनिवास र बालुवाटारको आवेशको निर्णयलाई सर्वाेच्च अदालतको फैसलाले सच्याएको प्रतिक्रिया दिएको छ । संविधानविपरीत हुने गरी एकपछि अर्का प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई सर्वोच्चले सच्याएको कांग्रेसको भनाई छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमलाई सर्वोच्चले सच्याएको प्रतिक्रिया दिए । ‘यो शीतलनिवास र बालुवाटारको आवेशले गरेको निर्णयलाई सर्वोच्चले विवेकसम्मत फैसलाद्वारा सच्याएको छ,’ प्रवक्ता शर्माले अनलाइखबरसँग भने, ‘लिकबाहिर लैजान खोजेको संविधानलाई सर्वोच्चले ट्रयाकमा ल्याएको छ ।’

सर्वोच्च अदालतले सोमबार संसद विघटन गर्ने राष्ट्रपतिको निर्णय बदर गर्दै विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीमा प्रस्तावित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment