Comments Add Comment

देशभर २,३७० कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

२८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने थप १ हजार १३३ जना निको भएका छन् । नेपाल कोरोना संक्रमितको कुल संख्या ७ लाख १ हजार ४५८ पुगेको छ । तीमध्ये हालसम्म ९ हजार ४०० जनाको मृत्यु भएको छ भने ६ लाख २१ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७१२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २३ हजार ९४७ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७६५ संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५४९ जनाको आईसीयू र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

गत २४ घण्टामा प्रदेश १ मा ४४७, प्रदेश २ मा ४८ तथा बागमती प्रदेशमा ७१८ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा २८६, लुम्बिनीमा १५५, कर्णालीमा १२ र सुदूरपश्चिम प्रदेशमा २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

कहाँ कति थपिए संक्रमित ?

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ४३३ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका  २८९, ललितपुरका ९० र भक्तपुरका ५४ जना संक्रमित छन् ।

यस्तै झापामा १४१, मोरङमा १३९, सुनसरी र बागलुङमा १२३/१२३, चितवनमा १०२, कास्कीमा ६९, नुवाकोट र गुल्मीमा ४८/४८ र मकवानपुरमा ४५ जनामा संक्रमण देखिएको छ ।

यस्तै रुपन्देहीमा ३७, नवलपरासी पूर्वमा ३३, पाल्पामा २२ र पर्वतमा २१ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment