Comments Add Comment

गेल चम्कँदा वेष्ट इन्डिजले जित्यो सिरिज

२९ असार, काठमाडौं । क्रिस गेलले शानदार ब्याटिङ गरेपछि वेष्ट इन्डिजले तेस्रो टी-२० मा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै ५ खेलको सिरिज दुई खेलअघि नै जितेको छ । वेष्ट इन्डिजले लगातार तीन खेल जित्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।

सेन्ट लुसियास्थित डारेन सामी अन्तर्राष्ट्रिय मैदानमा अष्ट्रेलियाले दिएको १४२ रनको लक्ष्य वेष्ट इन्डिजल १४.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो ।

गेलले ३८ बल खेल्दै चार चौका र सात छक्का मद्दतमा ६७ रन बनाए । २०१६ पछि टी-२० अन्तर्राष्ट्रियमा पहिलाे अर्धशतक बनाएका गेलले टी-२० क्रिकेटमा १४ हजार रन पूरा गरेका छन् ।

यस्तै निकोलस पुरनले अविजित ३२ रन जोडे । उनले २७ बल खेल्दै चार चौका र एक छक्का प्रहार गरे ।

अष्ट्रेलियाका लाग रिले मेरेडिथले तीन विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४१ र बनाएको थियो । अष्ट्रेलियाका लागि मोइसिस हेनरिकेले सर्वाधिक ३३ रन बनाए भने कप्तान आरोन फिन्चले र३० रन जोडे । यस्तै एस्टन टर्नरले २४ र म्याथ्यु वेडले २३ रन बनाए ।

वेष्ट इन्डिजका हेएडन वाल्सले दुई विकेट लिए ।

वेष्टइन्डिजले यसअघिका दुई खेल १८ रन र ५६ रनले जितेको थियो । सिरिजको चौथो खेल बिहीबार र अन्तिम खेल शनिवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment