Comments Add Comment

एकै व्यक्तिलाई दुई फरक-फरक कम्पनीको खोप दिंदै थाइल्याण्ड

२९ असार, काठमाडौं । मुलुकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै थाइल्याण्डले आफ्नो कोरोना खोप नीति परिवर्तन गरेको छ ।

थाइल्याण्डले मानिसहरुलाई कोरोनाबाट थप सुरक्षा प्रदान गर्न फरक-फरक खोपको दुई डोज दिने नीति लिएको हो । यससँगै अब थाइल्याण्डले एक डोज खोप चिनियाँ कम्पनी सिनोभ्याक र एक डोज एस्ट्राजेनेकाको खोप दिनेछ ।

थाइल्याण्डमा सिनोभ्याकको पूरा डोज खोप लिएका मानिसहरुमा कोरोनाको संक्रमण बढेसँगै थाइल्याण्डले यस्तो निर्णय गरेको हो । अब भने पहिलो डोज सिनोभ्याकको खोप दिएपछि दोस्रो डोजमा एस्ट्राजेनेकाको खोप दिइनेछ ।

यसअघि नै सिनोभ्याकको पूरा डोज कोरोना खोप पाइसकेका स्वास्थ्यकर्मीहरुलाई पनि अर्को कुनै खोपको तेस्रो बुस्टर डोज दिइनेछ । यो खोप एस्ट्राजेनेका वा फाइजरमध्ये एक हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

तेस्रो डोज कोरोना खोप सिनोभ्याकको खोपको दोस्रो डोज लिएको तीनदेखि चार सातामा लगाउन सकिन्छ ।

अहिले थाइल्याण्डमा सिनोभ्याकपछि एस्ट्राजेनेकाको खोपमात्र उपलब्ध छ । यद्यपि अबको केही समयमा नै अमेरिकाले अनुदानमा दिएको फाइजरको खोप पनि आइपुग्ने अपेक्षा छ .

थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म ६ लाख ७७ हजार स्वास्थ्यकर्मीले सिनोभ्याकको पूरा डोज कोरोना खोप लगाइसकेका छन् ।

नीहरुमध्ये गत अपि्रलदेखि जुलाइको बीचमा ६१८ जना कोरोनाबाट संक्रमित भएका थिए । उनीहरुमध्ये एकजनाको मृत्यु भएको थियो भने एकजनाको अवस्था गम्भीर छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment