Comments Add Comment

नर्भिक अस्पताल बन्यो पब्लिक कम्पनी, आईपीओ ल्याउने योजना

२९ असार, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अब पब्लिक कम्पनीमा रुपान्तरण गरेको छ । नर्भिक अस्पतालको क्षमता काठमाडौंमा बढाउने र उपत्यकाबाहिर समेत बिस्तार गर्ने योजना सहित कम्पनीले पुँजीवृद्धि गर्न लागेको छ ।

सो क्रममा सर्वसाधारण लगानीकर्तालाई समेत प्राथमिक साधारण सेयर निष्कासन गरिने कम्पनीका सूचना अधिकारी सोमनाथ बास्तोलाले जानकारी दिए । ‘हामी पब्लिक कम्पनीमा रुपान्तरण हुने मूख्य उद्देश्य नै अस्पतालको सेवा बिस्तार गर्नु र त्यसमा सर्वसाधारणको हिस्सा समावेश गर्नु हो,’ उनले भने ।

सूचना अधिकारी बास्तोलाका अनुसार आईपीओ कुन मोडलमा ल्याउने र कहिले ल्याउने भन्ने चाँही धेरै छलफल हुन बाँकी छ । सम्भवतः यो प्रक्रियाले मूर्तरुप पाउन २/३ वर्ष नै लाग्न सक्ने उनको भनाइ छ । नर्भिकको यो योजना सफल भएमा सर्वसाधारणमा सेयर जारी गर्ने नर्भिक मेडिकल क्षेत्रको पहिलो कम्पनी बन्ने छ ।

कम्पनीले पुँजीवृद्धि गरी काठमाडौमा थप १ सय सैया क्षमता बढाउने अस्पतालको योजना छ । साथै सुनसरीको दुहवी र भैरहवामा १ सय सैयाको अस्पताल बनाउने योजना नर्भिकको छ । ती अस्पतालमा पुरै लगानी नर्भिकको नभई सर्वसाधारण र अन्य लगानीकर्तालाई समेत सहभागी गराउने योजना कम्पनीले लिएको छ ।

२०-३० प्रतिशतसम्म पुँजी यसरी भित्राउने योजना बनाएपनि निर्णय नभएको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment