+
+

महोत्तरीमा सैनिक जवानद्वारा गोली हानी आत्महत्या

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३० गते १०:२३

३० असार, काठमाडौं । महोत्तरीमा एक जना सेनाका जवानले गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

रणभिम गण प्रकौली ब्यारेकमा कार्यरत सैनिक जवानले बुधबार बिहान आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश बिष्टले जानकारी दिए ।

रामेछाप घर भएका ती जवानले आफैँले बोकेको मिनी इन्सास हतियारले बाँया कन्चटमा गोली हानेको पाइएको उनले बताए ।

बुधबार बिहान अन्दाजी पाँच बजेतिर अतिथि गृहसँगैको कोतमा घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले जानकारी दिए ।

उनले मृतकका आफन्तलाई घटनास्थलमा बोलाइएको र उनीहरु आएपछि मात्रै नाम-ठेगाना सार्वजनिक गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?