+

बिग बास लिग डिसेम्बर ५ देखि हुने

२०७८ असार  ३० गते ११:२३ २०७८ असार ३० गते ११:२३
बिग बास लिग डिसेम्बर ५ देखि हुने

३० असार, काठमाडौं । अष्ट्रेलियन बिग बास लिग (बीबीएल) टी२० क्रिकेटको ११औं संस्करण आगामी डिसेम्बरको पहिलो सातादेखि सुरु हुने भएको छ ।

क्रिकेट अष्ट्रेलियाले नयाँ सिजनको लागि सार्वजनिक गरेको खेलतालिका अनुसार बीबीएल डिसेम्बर ५ देखि सुरु हुनेछ । पहिलो खेलमा सिड्नी सिक्सर्स र मेलवर्न स्टार्स भिड्नेछन् ।

यस्तै फाइनल खेल २०२२ जनवरी २८ मा हुनेछ । यसअघि पछिल्लो तीन सिजन फेब्रुअरीसम्म लम्बिएको थियो । यसपटक जनवरीमै सकाउने गरी खेलतालिका बनाइएको छ ।

खेलहरु १४ वटा भेन्यूमा आयोजना हुनेछन् ।

बिग बास लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय