+
+
Shares

थप २९०५ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३० गते १९:३०

३० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१०८ पीसीआर परीक्षणमा २०१० जना र ४९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ र १६०६ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ जना रहेका छन् ।

जसमध्ये २४ हजार ९९ जना होम आइसोलेसनमा र २५ सय ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२५ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा २९४, भक्तपुरमा ६७ र ललितपुरमा ६२ जना संक्रमित भेटिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार सबैभन्दा धेरै काठमाडौंमा २९४, कास्कीमा २३१, झापामा १७९, मोरङमा १५२, सुनसरीमा १४१ र चितवनमा १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भक्तपुरमा ६९, ललितपुरमा ६२, नवलपरासी पूर्वमा ५४, रुपन्देहीमा ५२, तनहुँमा ४२, काभ्रेपलाञ्चोकमा ४१, स्याङजामा ३६, नुवाकोटमा ३३, बर्दियामा ३०, गोरखा र दाङमा २७/२७ जना, बागलुङमा २६, लमजुङ र कैलालीमा २२/२२ जनामा कोरोना संक्रमण देखिएको छ ।

सिन्धुपाल्चोक, दैलेख र सुर्खेतमा १८/१८ जना, धादिङ र सल्यानमा १६/१६ जना, पाल्पा र जुम्लामा १३/१३ जना, सप्तरी र गुल्मीमा १२/१२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै १० वर्ष मुनिका ७६ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १८८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?