Comments Add Comment

मेस्सी बार्सिलोनामै बस्न तयार

३१ असार, काठमाडौं । लिओनल मेस्सी ५० प्रतिशतले तलब कटौती गरेर स्पेनिस क्लब बार्सिलोनामा बस्न तयार भएका छन् ।

डिएरियो स्पोर्टका अनुसार उनले ५ वर्षको सम्झौता गर्नेछन् । नयाँ सम्झौता अनुसार मेस्सीको तलबमा ५० प्रतिशतले कटौती हुनेछ । तर त्यसका बाबजुद पनि मेस्सीले ५ वर्षको सम्झौता गर्ने रिपोर्टको दाबी छ ।

क्याटलान समाचारपत्र एल स्पोर्टिउका अनुसार मेसी र बार्सिलोनाबीच बुधबार सहमति भएको हो । तर आधिकारिक घोषणा हुन कानुनी प्रक्रिया पूरा गर्नुपर्ने स्पानिस अनलाइन मार्कले जनाएको छ ।

३० जुन २०२१ मा सम्झौता सकिएपछि मेस्सी अहिले ‘प्रि एजेन्ट’को रुपमा छन् । अर्जेन्टिनालाई २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जिताएपछि मेस्सी अहिले छुट्टीमा छन् र उनले अहिलेसम्म सम्झौताबारे केही भनेका छैनन् ।

बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले पनि बारम्बार मेसीले बार्सिलोनामा नयाँ सम्झौता गर्ने बताउँदै आएका छन् । नयाँ सम्झौताबारे अन्तिम निर्णय हुन केही दिन लाग्ने वा यस महिनाको अन्त्यसम्म थाहा हुने मार्काले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment