Comments Add Comment

विदेश जाने श्रमिकका लागि ‘जोन्सन एन्ड जोन्सन’को खोप माग

३१ असार, काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई विदशे जाने श्रमिकलाई ‘जोन्सन एन्ड जोन्सन’को खोप दिन आग्रह गरेको छ । एक पत्र लेख्दै मन्त्रालयले विदेश जाने श्रमिकलाई अमेरिकी सरकारबाट प्राप्त खोप उलिब्ध गराउन आग्ह गरेको हो ।

मन्त्रालयका अनुसार चीनको भेरोसेलको खोपालाई धेरैजसो श्रम गन्तब्य मुलुकले मान्यता दिएका छैनन् । तर, खोपको मात्रा पुरा गरेर नजाने श्रमिकलाई १ लाखसम्म तिरेर क्वारिन्टिन बस्न बाध्य पारिरहेका छन् । जोन्सन एन्ड जोन्सन खोप एक मात्रा लगाए हुने अवस्था रहेकाले पनि विदेश जानेलाई सोही खोप दिने व्यवस्था गर्न आग्रह गरिएको मन्त्रालयका एक अधिकारीले बताए ।

यसअघि सरकारले विदेश जाने श्रमिकलाई भेरोसेल खोप दिने निर्णय लिएको थियो । तर, यसको मात्रा पुरा गर्न दुई पटक दिनुपर्ने र अधिकांश देशले सो खोपलाई मान्यता पनि नदिएकाले जोन्सन एन्ड जोन्सन माग गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तो छ मन्त्रालयले लेखेको पत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment