+

सीपीएलको उद्घाटन खेलमा सन्दीप आबद्ध ट्रिनबागोले गुएना अमेजनको सामना गर्ने

२०७८ असार  ३१ गते १२:३९ २०७८ असार ३१ गते १२:३९
सीपीएलको उद्घाटन खेलमा सन्दीप आबद्ध ट्रिनबागोले गुएना अमेजनको सामना गर्ने

३१ असार, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल)को उद्घाटन खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध ट्रिनबागो नाइट राइडर्सले गुएना अमेजन वारियर्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।

सीपीएलको नवौं सिजनको उद्घाटन खेल आगामी अगष्ट २६ मा हुनेछ । ट्रिनबागो र गुएनाबीचको खेल वार्नर पार्क स्पोर्टिङ कम्प्लेक्समा हुनेछ ।

वेष्ट इन्डिजका लिमिटेड ओभरका कप्तान काएरन पोलार्डको नेतृत्वमा रहेको ट्रिनबागो साविक विजेता समेत हो । ट्रिनबागोले गत सिजन फाइनलमा सेन्ट लुसिया जाउक्सलाई पराजित गर्दै तेस्रो पटक सीपीएलको उपाधि जितेको थियो ।

ट्रिनबागोमा पोलार्डसँगै सुनिल नारिन, कोलिन मनरो, डारेन ब्राभो, लेन्डल सिमोन्स, दिनेश रामदिन, रवी राम्पाल, सिकन्दर राजा, हेडन वाल्स, अली खान, इसुररु उदाला लगायत खेलाडी छन् ।

यस वर्ष सीपीएल अगष्ट २६ देखि सेप्टेम्बर १५ सम्म हुनेछ । लिगका सबै ३३ खेल सेन्ट किट्स एण्ड नेभिसस्थि वार्नर पार्कमा खेलाइनेछ ।

ट्रिनबागो नाइट राइडर्स सन्दीप लामिछाने सीपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय