Comments Add Comment

कब्जा गरेको क्षेत्रमा पुरानै कानून लगाउँदै तालिवान

३१ असार, काठमाडौं । विदेशी सेनाहरु फिर्ता हुन थालेसँगै तालिवानले अफगानिस्तानको धेरै क्षेत्रमा कब्जा जमाएको छ ।

अफगानिस्तानको उत्तरी एक जिल्लामा तालिवानले कब्जा जमाएको केही दिनमा नै उसले स्थानीय मस्जिदका प्रमुखलाई पत्र लेख्दै आफ्नो पहिलो निर्देशन पठाएको छ ।

कालाफगान जिल्लाका २५ वर्षीय एक स्थानीय भन्छन्, ‘यसमा महिलाले आफ्नो पुरुष साथीविना बजार जान नपाउने र पुरुषले आफ्नो दाह्री काट्न नपाउने उल्लेख छ ।’

चरमपन्थी संगठनले धुम्रपानमा पनि प्रतिबन्ध लगाएका छन् । साथै उनीहरुले यो नियमको उल्लंघन गरे त्यसको गम्भीर सजाय भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।

यसअघि सन् १९९६ देखि २००१ सम्म तालिवानले अफगानिस्तानलाई इस्लामिक साम्राज्य घोषणा गर्दै निकै कडा इस्लामिक कानून लगाएको थियो । त्यतिबेला उसले महिलालाई पुरुष साथी विना बाहिर निस्किन नदिने, पुरुषले दाह्री काट्न नपाउने जस्ता नियम लगाएको थियो । सो क्रमलाई उसले अहिले पनि निरन्तरता दिन थालेको हो ।

गत महिना तालिवानले ताजिकिस्तान नजिकैको शिर खान बन्दारमा कब्जा जमाएसँगै त्यहाँका महिलाहरुलाई आफ्नो पुरुष साथी विना बाहिर ननिस्किन आदेश दिएका छन् । तालिवानको यो आदेशले सो क्षेत्रका विभिन्न किसिमको काममा संलग्न महिला भयभीत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment