
३१ असार, धनगढी । दार्चुलामा पहिरोले पुरिएर एक जना बेपत्ता भएका छन् । व्यास गाउँपालिका–३ तुसारपानीमा बिहीबार बिहान पहिरोमा पुरिएर व्यास–२ की ५५ वर्षीया बेलु बुढाथोकी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
पहिरोले पुरिएर ५० वर्षीया जइमती बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहरप्रसाद भट्टले बताए ।
व्यास गाउँपालिकाको केन्द्र सुन्सेरा आउने क्रममा तुसारपानीमा माथिबाट खसेको पहिरोले जइमतीको दाहिने खुट्टामा चोट लागेको छ । बेपत्ता बेलुको खोजीका लागि प्रहरी चौकी सुनसेरा र नेपाली सेनाको टोली परिचालन भएको भट्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4