Comments Add Comment

संसद बैठक साउन ३ गते बोलाउन सरकारको सिफारिश

३१ असार, काठमाडौं । सरकारले साउन ३ गतेका लागि संसद बैठक बोलाउन सिफारिश गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

तर सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला सुनाउँदै साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment