Comments Add Comment

एमालेको माधव समूहले बनायो अखिल फोर्स

३१ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विद्यार्थीहरुले अखिल फोर्स गठन गरेका छन् । तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिएको अखिलका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए ।

अध्यक्ष केपी शर्मा ओली निकट युवाहरुले युथ फोर्स बनाएपछि त्यसलाई काउण्टर दिन अखिल फोर्स गठन गरिएको उनको भनाइ छ । ‘युथ फोर्सका नाममा हाम्रा नेताहरुलाई धम्क्याउन थालिएको छ । त्यसका विरुद्ध हामीले अखिल फोर्स बनाएका हौं,’ पराजुलीले भने ।

अखिल फोर्सले शैक्षिक क्षेत्रमा हुने बेथिति विरुद्ध लड्नुका साथै नेताहरुको सुरक्षामा खटिने उनले बताए । ‘कथित साइबर सेनाको नाममा हाम्रो नेताहरुको चरित्र हत्या गर्ने प्रयास भइरहेको छ । अखिल फोर्सले त्यस विरुद्ध पनि लड्छ,’ पराजुलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment