+
+
Shares

मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुचारु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १ गते १६:३०

१ साउन, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुचारु भएको जनाएको छ ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेश बमोजिम प्रतिनिधिसभा पुनर्स्थापना भएका कारण पुर्वमितिमा निर्वाचन नहुने भन्‍दै मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यलाई सुचारु गरेको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतको मिति २०७८-०३-२८ गतेको आदेश बमोजिम प्रतिनिधि सभा पुनस्र्थापना भएको कारण पूर्व घोषित मितिमा निर्वाचन नहुने भएकोले मिति २०७८-०४-०३ गतेदेखि निर्वाचन कार्यालयहरूबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई सूचारू गर्ने गरी आयोगबाट मिति २०७८-०४-०१ मा निर्णय भएको छ ।’

यसअघि गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर पहिलो चरणमा कार्तिक २६ गते र दोस्रो चरणमा मंसीर ३ गते निर्वाचन मिति तोकेपछि आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक जेठ ९ गते स्थगित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?