Comments Add Comment

खानेकुराप्रति किन यति धेरै विरोधाभास ?

बाँच्नका लागि खानेकुरा जरुरी हुन्छ । स्वस्थ, तन्त्दुरुस्त रहन पनि खानेकुरा चाहिन्छ । खुसी हुन पनि खानेकुराकै साथ लिइन्छ । यहाँसम्म सबैको बुझाई र भोगाई समान छ । तर, खानपानप्रतिको शैलीमा भने एकरुपता छैन ।

के खाने, के नखाने ? यी कुराले मानव समुदायमा ठूलो वहस छेडेको छ । कसैले एकथरी खानेकुराको आवश्यक्ता महसुष गर्छन् भने, अर्कोथरीले त्यो भन्दा विपरित । जस्तो कोही माछामासु अनिवार्य खानुपर्छ भन्छन्, कोही माछामासु छुनै हुन्न भन्छन् ।

मानव सभ्यता सुरु भएसँगै मान्छेले बाँच्नका लागि मासु खाए । जनवारको सिकार गर्दै उनीहरुले काँचै वा पकाएर मासु खाए । जनवारको मासुलाई मान्छेले आफ्नै आहारको एउटा ठूलो हिस्सा बनाए । अहिले विश्वमा मासु खाने जमात विशाल छ । त्यही कारण मासुको खपत बढ्दो छ । एक अध्ययनबाट के देखिएको छ भने, जति जति मान्छेहरुको आय बढ्दै गएको छ, उत्तिनै मासुको खपत पनि बढ्दै गएको छ । धनाड्य वा धनी मुलुकले मासुको अत्याधिक खपत गर्छ । यसर्थ मान्छेको क्रयक्षमता बढेसँगै मान्छेले मासुलाई आफ्नो आहारको रुपमा महत्व दिए ।

तर, एकथरी जमात छ जो माछामासुको सेवनलाई निको मान्दैनन् । जनवारप्रतिको प्रेमले मात्र होइन, मासुजन्य परिकारले स्वास्थ्यमा बेफाइदा पु¥याउँछ भन्दै माछामासु खाँदैनन् । उनीहरुको तर्क छ, मानव शरीरको रचना नै मासुमंस नखानेगरी भएको छ । माछामासु शरीरमैत्री खानेकुरा होइनन् । यसका लागि उनीहरुले मांशाहारी जनवार र शाकाहारी जनवारको शारीरिक संरचनाको व्याख्या गर्दै मान्छेलाई शाकाहारी कित्तामा राखेका छन् ।

सागसब्जी, अन्नपात, फलफूल आदि नै मान्छको लागि पर्याप्त खुराक हो भन्ने उनीहरुको तर्क छ । तर, पोषणविद्हरुले माछामासुमा प्रोटिन जस्ता पौष्टिक तत्व पाइने र उक्त पौष्टिक तत्व मानव शरीरका लागि अत्यान्तै जरुरी हुने बताउने गर्छन् ।

उसो त माछामासुमा जे-जति पौष्टिक तत्व पाइन्छन्, शाकाहारी भोजनमा पनि त्यसको मात्रा सन्तुलन गर्न सकिने बताइन्छ । जस्तो माछामासुको विकल्पमा खाइने पनिर लगायतका खानेकुरामा प्रोटिन उपलब्ध हुन्छ ।

शाकाहारी र माशांहारीवीचको यो लडाईमा अर्कोथरी पनि मिसिएको छ । उनीहरु माछामासु खाने कुरा त गर्दै गर्दैनन्, प्राणीजन्य कुनै उत्पादन पनि खाँदैनन् । जस्तो शाकाहारीले दुधलाई आफ्नो सर्वोत्तम आहार मान्छन् भने तेस्रोथरीले दुधलाई पनि अनुपयुक्त भनेका छन् । खानपानकै वर्गिकरणमा उनीहरु भेगन हुन् ।

तेस्राथरी, जो खानेकुरामा भावनालाई पनि जोड्छन् । उनीहरु मासुजन्य परिकार खाँदै खाँदैनन् । त्यतीमात्र होइन, कुनैपनि पशुपंक्षीबाट प्राप्त हुने खानेकुरा सेवन वा प्रयोग गर्दैनन् । किनभने उनीहरु अरुको जीवन हत्याएर, अरुलाई रुवाएर आफ्नो पेट भर्नुहुँदैन भन्ने मान्यता राख्छन् । यस्ता जमातले मासु मात्र होइन, पशुपंक्षीको कुनैपनि उत्पादन सेवन गर्दैनन् । कतिसम्म भने, पशुपंक्षीको रौं, भुत्ला, छाला आदिबाट बनेको बस्तु समेत प्रयोग गर्दैनन् ।

यी विशुद्ध शाकाहारी हुन् । उनीहरुले लिने खानेकुरालाई भेगन डाइट भनिन्छ । अहिले विश्वभर यस किसिमको खानेकुरा खाने जमात बढ्दो छ । किनभने यसले शरीरलाई मात्र होइन, भावनालाई पनि शुद्ध बनाउँछ भन्ने मान्यता छ । अहिले भेगन डाइटका लागि छुटै रेष्टृरेन्टसमेत सञ्चालनमा छन् ।

के हो भेगन डाइट ?

भेगन डाइट भनेको त्यस्तो डाइट हो, जहाँ माछामासु, अन्डा मात्र होइन, पशुपंक्षीको कुनैपनि उत्पादनको अंश हुँदैन । यो भनेको विशुद्ध शाकाहारी हो । यस किसिमको डाइटमा गाईको दुधसमेत वर्जित छ । किनभने गाईको दुध प्रकृतिले उसकै बाछोका लागि दिएको हो, मान्छेको लागि होइन भन्ने उनीहरुको मान्यता रहन्छ । यसरी प्रकृति वा पशुपंक्षीसँग भावनात्मक रुपमै एकाकार भएर फरक किसिमको खानेकुरा तयार गर्नुलाई भेगन डाइट भनिन्छ ।

यो डाइटमा अण्डा, मासु, डेरी प्रोडक्ट लगायत सबै प्रकारका पशुजन्य उत्पादनलाई भोजन, कपडा तथा अन्य कुनै उद्देश्यका लागि बञ्चित गरिएको छ । मानिसहरु विभिन्न कराणले भेगन डाइटलाई फलो गर्छन् । यसको मुख्य कारण पर्यावरण प्रतिको चिन्ता वा पशुपंक्षीप्रतिको माया पनि एक विशेष कारण हुनसक्छ । तथापी, यसको विभिन्न स्वास्थ्य लाभ पनि हुन्छ ।

भेगन डाइटका प्रकार

फलफूल, सागसब्जी, अन्न, ड्राइफ्रुट्स लगायतका बनस्पतीबाट उत्पन्न हुने खाद्यान तथा विभिन्न बिउमार्फत उतपादन हुने आहार होल फूड भेगन डाइट अन्तर्गत पर्दछ ।

काँचो फल, सागसब्जी, नट्स, बीउ वा बोटविरुवा खाद्य पदार्थमा आधारित एक शाकारी आहार हो । जो १ सय १८ डिग्री तापमानमा पकाइन्छ ।

एक किसिमको भेगन डाइटमा एभोकाडो जस्ता वोसोयुक्त फललाई सामेल गरिन्छ । साथै उच्च कार्वयुक्त फलफूल पनि भेगन डाइटकै एक अंश हो । यसमा आलु, चामल, मकै आदि पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment