+
+
Shares

जेनजी आन्दोलनमा प्रहरीको सञ्चारतर्फ मात्रै २६ करोडको क्षति

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा प्रहरीको सञ्चारतर्फ २५ करोड ९४ लाख रुपैयाँ बराबरको ठूलो क्षति भएको छ।
  • डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले सञ्चार साधन र सूचना प्रविधिमा क्रमशः २५ करोड ९४ लाख र १ करोड ८७ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख गरेको छ।
  • आन्दोलनका क्रममा प्रहरीका सञ्चार सेटहरु लुटेर लगिएको र क्षति पुगेको खुलाइएको छ।

१२ कात्तिक, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा प्रहरीको सञ्चारतर्फ पनि ठूलो क्षति भएको छ ।

आन्दोलनमा प्रहरीतर्फ भएको क्षतिलगायत विवरणको अध्ययन गर्न बनाइएको डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले सञ्चारतर्फ पनि ठूलो क्षति भएको औंल्याएको छ ।

रेग्मी समितिको प्रतिवदेनमा सञ्चार साधनतर्फ मात्रै २५ करोड ९४ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ ।

आन्दोलनको क्रममा प्रहरीका सञ्चार सेटलगायतमा क्षति भएको थियो । केही सञ्चार सेट आन्दोलनकारी लुटेर लगेका थिए ।

त्यस्तै सूचना प्रविधितर्फ १ करोड ८७ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?