News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको व्यवसायिक हिट फिल्म ‘होस्टेल ३’ भारतका नेपालीभाषी क्षेत्रहरूमा ५० भन्दा बढी हलमा प्रदर्शन भइरहेको छ।
- निर्देशक सशान कँडेलका अनुसार फिल्मले भारतमा ८० लाख भारु ग्रस कलेक्सन गरेको छ।
- फिल्मले क्याम्पस जीवनका उतारचढाव, प्रेम, मित्रता र सङ्घर्षको कथा प्रस्तुत गरेको छ।
काठमाडौं । नेपालमा व्यवसायिक हिट फिल्म ‘होस्टेल ३’ भारतका कतिपय थलोमा अहिले पनि प्रदर्शन भैरहेको छ ।
त्यहाँका नेपालीभाषी बसोबास गर्ने क्षेत्रमा फिल्म चलिरहेको निर्माताद्वारा प्रेषित विवरणमा जनाइएको छ । नेपालमा फिल्मले ५१ दिन सेलिब्रेसन गरिसकेको छ ।
त्यही सफलता फिल्मले भारतमा पनि दोहोर्याएको हो । निर्देशक तथा निर्माता सशान कँडेल ‘सन्तोष’का अनुसार ५ सेप्टेम्बरदेखि दार्जिलिङस्थित एसभीएफ हलमा फिल्म चलिरहेको हो ।
फिल्मलाई त्यहाँ गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले वितरण गरेका हुन् । सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम र मणिपुरसहित ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शन गरिएको थियो ।
निर्देशक कँडेलका अनुसार फिल्मले त्यहाँ ८० लाख भारु ग्रस कलेक्सन गरेको छ ।
फिल्मले क्याम्पस जीवनका उतारचढाव, प्रेम, मित्रता र सङ्घर्षको कथा पेश गर्छ । फिल्ममा पारस बम ठकुरी, रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ र आशिष पुरुषको अभिनय छ ।
प्रतिक्रिया 4