+
+
Shares

प्रदीप ज्ञवालीको विश्लेषण : माधव नेपाल बेग्लै कोर्समा हिंड्न खोज्नुभयो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते १५:१५

३ साउन, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल बेग्लै कोर्समा हिंड्न चाहेको बताएका छन् ।

एमाले एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका ज्ञवालीसहितका  नेताहरुले आइतबार बिहान वरिष्ठ नेता नेपाललाई भेटेका थिए । भेटमा विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारीबारे छलफल भएको थियो ।

ज्ञवालीका अनुसार नेता नेपालले एउटा विन्दुमा पुगिसकेको हुनाले आफूले देउवालाई मत दिने बताएका थिए । नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरुले सहमतिअनुसार जे गर्दा पनि संस्थागत रुपमा निर्णय गर्नुपर्ने बताएका थिए ।

‘उहाँले आफू बहुमतमा नभएको कमिटी, अल्पमतमा भएको कमिटीमा गएर त्यसको निर्णयलाई मान्न नसकिने कुरा पनि गर्नुभयो । यसको तात्पर्य पार्टीलाई एकतावद्ध बनाएर लैजान उहाँ इच्छुक हुनुहन्न भन्ने देखियो’, स्थायी कमिटीको बैठकपछि ज्ञवालीले भने, ‘उहाँ बेग्लै कोर्समा हिंड्न चाहनुभएको देखियो ।’

यद्यपि नेता नेपाललाई रोक्न उनी पक्षका नेताहरुले अहिले पनि प्रयत्न गरिरहेको ज्ञवालीले बताए ।

‘उहाँको टिममा रहेका साथीहरुले त्यसरी जानु उपयुक्त हुँदैन, १० बुँदे भइसकेपछि संस्थागत निर्णय बेगर जान मिल्दैन । तपाईंले हामीसँग पनि सोध्नुभएको छैन । तपाईंको आफ्नो मत हो । शेरबहादुरलाई प्रधानमन्त्री बनाउन र आन्दोलनलाई उनको सेवामा अर्पित गर्ने हाम्रो सहमति भएको होइन भन्नुभयो’ ज्ञवालीले भने, ‘उहाँहरुको प्रयासमा कुनै परिणाम आयो भने बेग्लै कुरा हो । अन्यथा माधवकुमार नेपाल एउटा निष्कर्षमा पुग्नुभएको हामीले देख्यौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?