+
+
Shares

५ गायिकाको तीज गीतः ‘जिन्दगी दुई दिनको घाम छाया’

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते ८:१०

तीज नजिकिदै गर्दा लाखौं खर्च गरेर गीत निकाल्ने क्रम बढेको छ । दैनिकजसो तीजका गीतहरु युटुबमा सार्वजनिक हुन थालेका छन् । यसपटकको तीज गीतमा पनि स्टेज कार्यक्रम खासै नहुने भएपनि गायक–गायिकाले निरन्तरताका लागि लाखौं रकम खर्च गरेर तीज गीत सार्वजनिक गरिरहेका छन् ।

गायिका अनिता चलाउनेले पनि ‘जिन्दगी दुई दिनको घाम छाया’मा राम्रै रकम खर्च गरेको देख्न सकिन्छ । यो गीतमा अनिताको साथमा एलिना चौहान, रचना रिमाल, समिक्षा अधिकारी र बेनिशा पौडेलको स्वर छ । दीपक शर्माले यो गीतमा शब्द तथा संगीत भरेका छन् । गम्भिर बिष्टले निर्देशन गरेको गीतको भिडियोमा ५ गायिकाको नै नृत्य हेर्न सकिन्छ । साथमा, प्रथम मिस नेपाल रुवी राणा र मोडल निश्मा घिमिरेले भिडियोमा अभिनय गरेका छन् ।

गीतको भिडियोले अपेक्षित भ्यूज भने पाएको छैन । नाम चलेका गायिकाहरुको स्वर तथा मोडलिङमा तयार रहेको गीतको अडियो औषत छ । भिडियोलाई गम्भिरले राम्रो बनाउने कोशिश गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?