News Summary
Generated by OK AI. Editorially reviewed.- चाङ्गानको विद्युतीय एसयूभी नेभो क्यू०५ आगामी साता चितवनमा सार्वजनिक हुने भएको छ।
- राजहंस अटोमोबाइल प्रालिले भदौ २९ देखि ३१ गतेसम्म दीपल चितवन शोरुममा नेभो क्यू०५ को विशेष परीक्षण यात्रा गराउने भएको छ।
- नेभो क्यू०५ अल्ट्राको मूल्य ५१ लाख ९९ हजार तोकिएको छ र यसमा ५१.९ किलोवाट आवरको सीएटीएल ब्याट्री तथा १२० किलोवाटको मोटर रहेको छ।
२६ भदौ, चितवन । चाङ्गानको नयाँ विद्युतीय एसयूभी नेभो क्यू०५ आगामी साता चितवनमा सार्वजनिक हुने भएको छ। चाङ्गानको आधिकारिक डिलर राजहंस अटोमोबाइल प्रालिले गाडी सार्वजनिक गर्न लागेको हो।
गाडी सार्वजनिक हुनुअघि ग्राहकले भदौ २९ देखि ३१ गतेसम्म दीपल चितवन शोरुममा नेभो क्यू०५ को विशेष परीक्षण यात्रा गर्न सक्नेछन्।
नेभो क्यू०५ अल्ट्राको विशेष मूल्य ५१ लाख ९९ हजार तोकिएको छ। गाडीमा ५१.९ किलोवाट आवरको सीएटीएल ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १५ मिनेट लाग्छ।
क्यू ०५ मा १२० किलोवाटको विद्युतीय मोटर रहेको छ। यसले एकपटकको चार्जमा ४६२ किलोमिटरसम्मको यात्रा दूरी दिने तथा प्रति १०० किलोमिटर १२.९ किलोवाट आवर मात्र ऊर्जा खपत गर्ने कम्पनीको दाबी छ।
गाडीमा २ हजार ७३५ मिलिमिटरको ह्वीलबेस तथा ५४० लिटरको डिकी क्षमता रहेको छ। फराकिलो भित्री भाग र पछाडिको सिट ढल्काउन मिल्ने सुविधाले यात्रामा थप आराम दिने कम्पनीले जनाएको छ।
क्यू०५ को डिजाइनले अन्तर्राष्ट्रियस्तरमा गोल्डेन ए डिजाइन अवार्ड समेत प्राप्त गरिसकेको छ। चाङ्गानका अनुसार सन् २०२६ को अगस्ट अन्त्यसम्म क्यू०५ को बिक्री १ लाख २५ हजारभन्दा बढी पुगेको छ।
प्रतिक्रिया 4