+
+

टाटा मोटर्सले श्रावण १२ गते नेक्सन ईभी नेपालमा सार्वजनिक गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते १९:२१

३ साउन, काठमाडौं ।  भारतको अग्रणी इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टाटा मोटर्स लिमिटेडले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिमार्फत् साउन १२ गते नेक्सन ईभी सार्वजनिक गरी नेपाली बजारमा बिक्री वितरण खुल्ला गर्ने घोषणा गरेको छ ।

नेपालमा नेक्सन ईभीप्रति नेपालका उपभोक्ताहरुले अत्यन्त उत्सुकता दर्शाएका छन् र यस्तो आकर्षण दिन प्रतिदिन झन् बढ्दै छ । यही सन्दर्भमा पहिलो चरणमा बुकिङ्ग गरिसकेका केही ग्राहकहरुलाई साउनको १२ गतेदेखि नै र क्रमशः नेक्सन ईभीको विक्री वितरण गरिदैं जानेछ ।

कम्पनीले जनाएअनुसार १६६००१५५७७७ नम्वरमा कल गर्ने वा https://www.tatamotors.com.np/tata-nexon-ev/ वेवसाइटमा रजिष्टर गर्ने ग्राहकहरुले गाडीको खरिदमा विशेष प्राथमिकता पाउनेछन् ।

अत्याधुनिक जिप ट्रोन प्रविधियुक्त नेक्सन इभीको बनावट आकर्षक छ भने यसमा अन्त्यन्त सुरक्षित एवम् आरामदायी तवरले यात्रा गर्न सकिन्छ । त्यसैगरी लामो दूरीको यात्रा पनि सहजताका साथ गर्न सकिने नेक्सनको ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई आफ्नै घरमा चार्ज गर्न सकिन्छ ।

सन् २०२० को जनवरीबाट भारतमा विक्री वितरण सुरु भएको नेक्सन ईभीले छोटो अवधिमा नै भारतीय इलेक्टि्रक गाडीको बजारको ६५ प्रतिशत हिस्सा ओगटेको छ । भारतमा करिब ४५०० भन्दा धेरै परिवारहरुले रुचाएको यस गाडीले १८ वटा पुरस्कार जितिसकेको छ । त्यसैले नेक्सन ईभी सबैभन्दा बढी पुरस्कारहरुबाट सम्मानित भई अत्याधिक लोकप्रियता हासिल गर्न सफल ईभी भएको बताएको छ ।

टाटा मोटर्सले नेपालमा इलेक्टि्रक गाडीको प्रभावकारी सञ्चालनको लागि पूर्ण ‘ईको सिस्टम’ विकास गर्ने लक्ष्य राखेको छ । यसको लागि कम्पनीले उत्कृष्ट इलेक्ट्रिक गाडी ल्याउनुका अतिरिक्त नेपालमा आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, विभिन्न स्थानमा चार्जिङ सुविधाको लागि उच्चस्तरीय डीसी चार्जरको सुविधा प्रदान गर्नेछ ।

नेपालमा नेक्सन ईभी तीनवटा मोडेलमा उपलब्ध हुनेछ । यसको ब्याट्रीमा ८ वर्ष वा एक लाख साठ्ठी हजार किलोमिटर (जुन पहिला आउँछ ) र गाडीमा तीन वर्ष वा एक लाख पच्चिस हजार किलोमिटर (जुन पहिला आउँछ ) को वारेन्टी दिईने कम्पालिे जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?