+
+
Shares

वाम र प्रजातान्त्रिक शक्ति मिल्नुपर्छ : एमाले सांसद प्याकुरेल

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते १८:५८

३ साउन, काठमाडौं । नेकपा एमालेका सांसद सुमनराज प्याकुरेलले संविधानको रक्षार्थ वाम प्रजातान्त्रिक शक्तिहरुलाई मिलेर अघि बढ्न आह्वान गरेका छन् ।

आइतबार राष्ट्रिय सभाको नवौं अधिवेशनको बैठकमा बोल्दै उनले गत असार २८ गते सर्वोच्च अदालतले गरेको फैसलाले संविधानको मूल मर्ममाथिको प्रहार गरेको दावी गर्दै त्यसको रक्षार्थ वाम प्रजातान्त्रिक शक्तिहरुबीच मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।

‘सबैभन्दा ठूलो जन आधारित तथा जन समर्थित पार्टीको नाताले संसददेखि जनतासम्म सर्वोच्च अदालतको फैसलाले निम्त्याउने भयावह अवस्थाप्रति सचेत गराउँदै हामी अघि बढ्नेछौं’ उनले भने, ‘वाम प्रजातान्त्रिक शक्तिहरुबीचको न्यूनतम समझदारी खलबलिन नदिई संविधानको रक्षार्थ अघि बढन हार्दिक अपील गर्दछु ।’

सांसद प्याकुरेलले आफ्नो पार्टीले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि बताए । ‘हामी रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौं’ उनले भने, ‘वर्तमान सरकारले जनताको पक्षमा गर्ने असल र राम्रो कामहरुको समर्थन गर्नेछौं भने जनविरोधी कामहरुको भण्डाफोर गर्ने, मात्रै होइन त्यस्ता काम हुनै नदिने प्रयास गर्नेछौं ।’

सांसद प्याकुरेलले विधिको शासन मान्ने दल भएकाले मात्रै आफ्नो पार्टीले सर्वोच्च अदालतको सो फैसलालाई मानेर अघि बढेको पनि बताए । जनादेशबाट बनेको सरकारलाई अदालतको परमादेशले हटाएको भन्दै आक्रोशसमेत व्यक्त गरे ।

सर्वोच्च अदालतले परमादेशबाट प्रधानमन्त्री चयन गर्ने संसदको विशेषाधिकार अपहरण गरेको सांसद प्याकुरेलको भनाइ छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?