 
																			३ साउन, बुटवल । कपिलवस्तुमा पेस्तोल र भरुवा बन्दुकसहित पाँचजना पक्राउ परेका छन् ।
प्रहरीले कपिलवस्तु नगरपालिका–११ जहदीबाट युपि ५५ डब्लु ८३२४ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार मातेश्वर प्रसाद यादवलाई एक थान पेस्तोल सहित पक्राउ गरेको हो ।
यादव यस अघि २०७५ असार १७ गते र २०७७ फागुन १७ गते पनि हात–हतियार सहित पक्राउ परेर छुटेका थिए ।
यस्तै बाणगंगा नगरपालिका–८ मोर्मीबाट ५१ वर्षीय टीकाराम थापा, २५ वर्षीय गुमबहादुर राना, वर्ष ४७ को मीनबहादुर सेन र ४१ वर्षीय गोपाल थापा पक्राउ परेका हुन् ।
गोपाल थापा मगरको घरबाट फलाम जडित १ नाले भरुवा बन्दुक एक थान, टिकाबहादुर थापाको घरबाट २ थान भरुवा बन्दुक र गुनबहादुर रानाको घरबाट फलामले बनेको १ नाले भरुवा बन्दुक र बारुद राखेको २ वटा बट्टा, २९४ ग्राम बारुद र ६० थान छर्रा बरामद गरिएको कपिलवस्तु प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4