+
+
Shares

भारतद्वारा १५० आईसीयू बेड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते २०:०८

३ साउन, काठमाडौं । भारतले १५० वटा आइसीयु बेड सहयोग हस्तान्तरण गरेको छ । भारतले नेपालसँग कोभिड–१९ सहकार्यका लागि गरेको प्रतिवद्धता अनुरुप आज सहयोग हस्तान्तरण गरेको हो ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त १५० वटा आइसीयु बेड हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा राजदूत क्वात्राले अत्यावश्यक स्वास्थ्य पूर्वाधारमा भारतले नेपाललाई सहयोग गर्ने र महामारी व्यवस्थापनमा समग्र रूपमा भारतको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाए ।

मन्त्री कार्कीले भारत सरकारको यो कदमको सराहना गर्दै भने, ‘यो कोविड–१९ बिरूद्धको लडाईमा एक महत्वपूर्ण कोसेढुंगा हो र यसले दुबै देशहरूले देखाएको अतुल्य सद्भभावलाई दर्शाउँदछ।’

भारतीय राजदुतावासद्वारा जारी बिज्ञप्तीमा महामारी सुरु भएयता अत्यावश्यक औषधी, आरटी–पीसिआर टेस्ट, भेन्टिलेटर लगायत अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराई भारतले नेपाललाई ६.५ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग प्रदान गरिसकेको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा लेखिएको छ, ‘गत जनवरीमा भारतले उपलब्ध गराएको १० लाख डोज कोभिशिल्ड खोप पाउने पहिलो मुलुकहरु मध्येको एक नेपाल पनि हो । यसका अतिरिक्त भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज खोप प्रदान गर्नुका साथै BIPAP machine,एन्टिजेन परीक्षण सामाग्री, पीपीई, मास्क, एम्बुलेन्स तथा आइसीयु बेड लगायतका स्वास्थ्य सामाग्री पनि प्रदान गरिसकेको छ ।’

भारत र नेपालबीच स्वास्थ्य क्षेत्रमा बलियो सहकार्य रहदै आएको छ जसमा एम्बुलेन्सको वितरण, स्वास्थ्य क्षेत्रमा नियमित प्रशिक्षण तथा क्षमता विकास कार्यक्रम र अस्पताल, ट्रमा तथा प्रसूति केन्द्र, नेचुरोप्याथी सेन्टर, आँखा हेरचाह केन्द्र लगायतका स्वास्थ्य पूर्वाधारको विकास रहेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?