Comments Add Comment

किन चिन्तित छन् फेसबुकका विज्ञापनदाता ?

आइफोन प्रयोगकर्ताहरुलाई आफ्ना डाटा शेयर होस् वा डिभाइस ट्रयाकिङ होस् भन्ने चाहनुहुन्छ कि भनेर सोध्दा अधिकांश प्रयोगकर्ताले आफ्नो डाटा शेयर नहोस् भन्ने चाहेको बताए ।

वास्तवमा प्रयोगकर्ताहरुको यो व्यवहार चाहिँ फेसबुकका विज्ञापनदाताहरुका लागि चिन्ताजनक विषय बनेको छ । वास्तवमा यसबाट विज्ञापनदाताहरुले आफ्ना केही सबैभन्दा मूल्यवान तथा योजनापूर्ण डाटामाथिको पहुँच गुमाएका छन् ।

यद्यपि विज्ञापनदाताहरुले पहिलेदेखि नै आफ्नो विज्ञापनहरुको प्रभावकारीतामा गिरावट आएको महसुस गर्न थालेका थिए ।

एप्पल कम्पनीले गत जुन महीनाको सुरुआतमा आइफोनको अपरेटिङ सिस्टमको लेटेस्ट भर्सन लञ्च गर्‍यो । उक्त नयाँ संस्करणको आईओएसमा हरेक एप प्रयोगकर्ताहरुलाई शुरुमै सोधिन्छ कि उनीहरु आफ्नो इन्टरनेटको गतिविधिमा निगरानी गरियोस् भन्ने चाहन्छन् कि चाहँदैनन् ?

मोबाइल एपको वृद्धिको विश्लेषण गर्ने एक फर्म ब्रान्चले गरेको अध्ययन अनुसार आफ्नो इन्टरनेट गतिविधिलाई ट्रयाक गर्ने अनुमति केवल २५ प्रतिशत प्रयोगकर्ताले मात्र दिने गरेका छन् ।

वास्तवमा विज्ञापन उद्योगलाई वर्षौँदेखि यहीँ ट्रयाकिङबाट ऊर्जा प्राप्त भैरहेको थियो । मोबाइल विश्लेषक एरिक सेर्फटका अनुसार इन्टरनेट प्रयोगकर्ताको अनलाइन गतविधि ट्रयाक गर्नबाट रोकिनु इन्टरनेट अनलाइन व्यवसायका लागि विनाशकारी सावित हुनसक्दछ।

फेसबुकका विज्ञापनदाताहरुले विशेष रुपमा गत महिना यसको असर भोग्नु परेको छ । ग्राहकहरुको तर्फबाट फेसबुकमा अभियान चलाउनेहरुका अनुसार अब फेसबुकको विज्ञापनबाट कुनैपनि प्रडक्टको बिक्रीमा कति योगदान पुगेको छ भन्ने तथ्यांक दिन फेसबुक समर्थ छैन ।

त्यसैले अब फेसबुकमा दिइएको कुन विज्ञापन प्रभावकारी छ भन्ने पत्ता लगाउन पनि गाह्रो भएको छ ।

फेसबुक प्रवक्ताले भने कति प्रतिशत फेसबुक प्रयोगकर्ताले ट्रयाकिङ नीतिलाई स्वीकार गरेका छन् भन्ने विषयको जानकारी दिन अस्वीकार गरे । तथापि विश्वका ७५ प्रतिशतल आइफोन प्रयोगकर्ताले नयाँ अपरेटिङ सिस्टम डाउनलोड गरिसकेको हुँदा अब आइफोनमा फेसबुक चलाउने मध्ये केवल २५ प्रतिशतमा मात्र हालका लागि ट्रयाकिङ सम्भव छ । त्यसमा पनि केवल २० प्रतिशत प्रयोगकर्ताले मात्र ट्रयाकिङ स्विकार गर्ने हो भने आईओएस एपबाट फेसबुकले प्राप्त गर्ने आम्दानीमा ७ प्रतिशतको गिरावट आउने सेफर्टको अनुमान छ । त्यस्तै यदि त्यसरी ट्रयाकिङको अनुमति दिने संख्या १० प्रतिशत मात्र भयो भने फेसबुकको आम्दानीमा १३.६ प्रतिशतले कमी आउनेछ ।

फेसबुक प्रयोगकर्ताका अनुसार एप्पलको अपरेटिङ् सिस्टम आईओएसमा भएको परिवर्तनसँगै केही उतारचढावको अनुभव हुनेछ । तर लामो अवधिमा यसको विशेष प्रभाव चाहिँ हुनेछैन ।

विज्ञापनदाताहरुका अनुसार अनलाइनमा कुनैपनि प्रडक्ट हेर्ने ग्राहकहरुलाई विज्ञापनदाताले लक्षित गरी आफ्नो विज्ञापन देखाउन सक्ने क्षमता गुमाउनु भनेको विज्ञापनदाताका लागि ठूलो क्षति हो ।

एप्पलले आईओएसमा भएको पछिल्लो परिवर्तनलाई आइफोनको गोपनीयताको निहुँ बनाएको छ । आइफोनमा गोपनियतामा हुने परिवर्तनले केवल फेसबुकलाई मात्र होइन सबै एप डेभलपर्सलाई असर गर्नेछ ।

तथापि यस्तो चुनौतिका बाबजुत विज्ञापनदाताहरु अझै पनि फेसबुक छाड्न तयार छैनन् । अर्थात् अहिले पनि फेसबुकले ठूलो संख्यामा विज्ञापनहरु प्राप्त गरिरहेको छ ।

ब्लुम्बर्गको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment