Comments Add Comment

प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

५ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

भेटमा सरकार सञ्चालन र गठबन्धनका साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको बताइएको छ । माधव नेपालसँग भएको भेटमा पनि यसै विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

मंगलबार बिहानै सत्ता गठबन्धनकै अर्का नेता जनता समाजवादीका उपेन्द्र यादवले पनि माधवकुमार नेपाललाई भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment