Comments Add Comment

मेयरको उपचारका लागि पोखरा महानगरले १० लाख दिने

५ असार, पोखरा । मेयर मानबहादुर जिसीको उपचार खर्चका लागि पोखरा महानगरले १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मस्तिष्कघात भएपछि उनको काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

पोखरा महानगरको मंगलबार बसेको ५१औं कार्यपालिका बैठकले मेयर जिसीको उपचारका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो । उक्त रकम प्रकोप व्यवस्थापन कोषबाट उक्त रकम खर्च गर्ने निर्णय भएको महनगरका प्रवक्ता धनबहादुर नेपालीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

शुक्रबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मेयर जिसीलाई उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो । शुरुमा मेयर सचिवालयले हृदयघात भनेर सूचना प्रवाह गरे पनि मणिपालमा मस्तिष्कघात भएको पुष्टि भएको थियो । उच्च रक्तचापका कारण नसामा असर परेको देखिएको थियो । नसाकै कारण उनको शरीरको देब्रे भागमा पनि समस्या देखिएको थियो ।

मणिपाल शिक्षण अस्पतालमा प्राथमिक उपचारपछि शुक्रबारै दिउँसो हेलीमार्फत काठमाडौं लगिएको थियो । चिकित्सकको २४ घन्टे निगरानीमा पनि नसाको समस्या हल नभएपछि शनिबार शल्यक्रिया गरिएको थियो । मेयर जिसीको स्वास्थ्यअवस्था अहिले सुधारोन्मुख अवस्थामा रहेको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment