+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गोठालो जाँदा भेटिएको मृगको पाठी वन कार्यालयलाई बुझाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ५ गते १४:५७

५ साउन, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–३ थानिस्वाँरामा भेटिएको मृगको पाठी डिभिजन वन कार्यालयलाई बुझाइएको छ । असार १५ गते गोठालो जाँदा स्थानीय सकुन्तला ढकालले उक्त मृगको पाठी फेला पारेकी थिइन् ।

‘गोठालो जाँदा मृगको पाठी फेला पारेर घर लानुभएछ,’ सव–डिभिजन वन कार्यालय पालुङटारका प्रमुख अर्जुनबहादुर अछामीले भने, ‘केही दिन घरमै पाल्नुभएछ, पछि आफन्तहरुले यसरी पाल्न मिल्दैन भनेपछि प्रहरीलाइ खबर गर्नुभएछ ।’

सोमबार इलाका प्रहरी कार्यालय हर्मी र सव–डिभिजन वन कार्यालयको टोली ढकालको घर पुगेर मृगको पाठी ल्याइएको अछामीले बताए । करीब डेढ महिनाको उक्त मृगको पाठी रतुवा जातको रहेको बताइएको छ । उचित वासस्थानमा छाड्ने तयारी भइरहेको अछामीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?