Comments Add Comment

लगातार पाँच दिन बढेको सेयर बजारमा ९ अंकको ‘करेक्सन’

५ साउन, काठमाडौं । लगातार पाँच दिनसम्म बढेको सेयर बजार परिसूचक नेप्सेमा मंगलबार भने ९.१ अंकको ‘करेक्सन’ भएको छ । मंगलबार २९८५.५७ अंकमा बजार रोकिएको छ ।

म्यूचअल फण्डमा लगानीकर्ता झुम्मिएको कुल पाँच समूहको मूल्य बढ्यो । आज व्यापार, होटेल र पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्यूचअल फण्डका लगानीकर्ताले कमाए । अन्य समूहको मूल्य भने औसतमा नकारात्मक रहृयो ।

मंगलबार कुन २१९ कम्पनीको ८४ हजार ४ सय ६८ कारोबारबाट ३ करोड १६ लाख ८ हजार १ सय ९३ सेयर कित्ता किनबेच भएको छ । मंगलबार कारोबार रकम समेत केही सुस्ताएको छ । आज ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २ सय ६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज गत लक्ष्मी उन्नति कोषको मूल्य सर्वाधिक १०.०४ प्रतिशतले बढ्यो । कोषले आज मात्र २०७७/७७ का लागि इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश घोषणागरेसँगै लगानीकर्ता यसमा झुम्मिएका हुन् ।

लक्ष्मी इक्विटी फण्डको मूल्य समेत १०.०१ प्रतिशतले बढ्यो । बरुण हाइड्रोपावर कम्पनी र माउण्टेन हाइड्रो नेपाल लिमिटेडको मूल्य ९ प्रतिशत भन्दा माथि बढ्यो ।

आज बढी गुमाउनेमा भने आइसीएफसी फाइनान्स डिभेन्चार, नेपाल इन्स्यारेन्स, समिट लघुवित्त वित्तीय संस्थालगात कम्पनी रहेका छन् । मंगलबार सबैभन्दा बढी कारोबार भने अरुण काबेली पावर लिमिटेडको भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment