Comments Add Comment

पोर्न भिडियोबाट दैनिक ६–७ लाख कमाउँथे राज कुन्द्रा

भारतीय व्यापारी तथा नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रालाई मुम्बई क्राइम ब्रांन्चले पक्राउ गर्यो । उनलाई भारतमा पोर्न भिडियो छायांकन गरेर विक्री गर्ने गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ गरिएका राज कुन्द्रालाई जुलाई २३ तारिखसम्म हिरासतमा राख्न अदालतले अनुमती दिइसकेको छ ।

राजको यो धन्दाको बिषयमा खबर सार्वजनिक भएसँगै यसले अधिकांश मानिसहरुलाई अचम्मित बनाइदिएको छ । राजले पोर्न भिडियोको छायांकन भारतमा नै गर्ने गरेको र बेलायत पठाउने गरेको मुम्बई क्राइम ब्रान्चले खुलासा गरेको छ ।

भारतीय मिडियाले मुम्बई क्राइम ब्रान्चका अफिसर्सको भनाई उदृत गर्दै उल्लेख गरे अनुसार, राजले भिडियोबाट दैनिक ६ देखि ७ लाख कमाउने गरेका थिए । सुरुवातमा उनले २ देखि ३ लाखसम्म कमाई गरेपनि पछि उनको कमाई बढेर ६ देखि ७ लाखसम्म पुगेको थियो । प्रहरीले उनको वास्तविक कमाइको खोजी अझै जारी राखेको छ ।

यो पनि पढ्नुहोस शिल्पा सेट्टीका श्रीमानमाथि पोर्न फिल्म बनाउने र बेच्ने आरोप, मध्यरातमा पक्राउ

राजले विभिन्न देशबाट यूवतीहरुलाई अडिसनका लागि बोलाउने गर्दथ्य । यसपछि, अडिसनबाट छनोट भएका यूवतीहरुको सुरुवातमा सेमी न्यूड भिडियो खिचिन्थ्यो । पछि, उनीहरुलाई न्यूड भिडियो खिच्नका लागि दबाब दिइन्थ्यो । कतिपय यूवतीले भने उनीहरुको कुरालाई अस्विकार गर्दै प्रहरीमा उजुरी समेत दिएका थिए ।

लण्डनमा बस्दै आएका आफ्ना नातेदार प्रदिप बक्सीलाई राजले भिडियो पठाउने गरेका थिए । भारतमा पोर्न भिडियो बनाउनु गैह् कानुनी भएका कारण बेलायतबाट हटसट नामक एपमा भिडियो सार्वजनिक गरिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment