Comments Add Comment

ब्रेकअपपछि एक्लो जीवन कति फाइदाजक ?

वैंशालु प्रेममा पर्नु आफैमा रोमाञ्चक अनुभव हो । जब प्रेम हुन्छ, तपाईंमा भावनात्मक परिवर्तन आउन थाल्छ । अरु कुराहरु भुलेर प्रेममा मस्त रमाउनुहुन्छ । प्रेमी–प्रेमिकासँग कुराकानी गर्दा वा भेट्दा मात्र पनि तपाईंले आनन्दित महसुष गर्नुहुन्छ ।

प्रेमी-प्रेमिकासँग भेट्दा, मनको कुरा साट्दा, घुमफिर गर्दा जीवनका फरक अनुभवहरु संगाल्न सक्नुहुन्छ ।

किशोर–चरणपछि हुने यस्तो प्रेमलापको अनुभव अनौठो र रोमाञ्चक हुनेगर्छ । तपाईं त्यसमै एकोहोरिनुहुन्छ र मग्न रहनुहुन्छ । संसारलाई भुल्नुहुन्छ । प्रेम सम्बन्धमा रहँदाको यो भावनात्मक स्थितीले तपाईंको दुःख अल्पकालकै लागि भएपनि भुलाइदिन्छ ।

तपाईंले जीवनमा यस्तो कोही साथी पाउनुभएको हुन्छ, जोसँग अत्यान्तै निकट रहेर कुरा गर्न सक्नुहुन्छ । मनको सबै कुरा पोख्न सक्नुहुन्छ । दुःख र सुख साट्न सक्नुहुन्छ । आफ्नो निजी जीवनको ख्याल राख्ने अर्को व्यक्ति पाउनुहुन्छ ।

तर, यो प्रेम सम्बन्ध सधै कायम रहन्छ भन्ने हुँदैन । तपाईंहरुबीच कतिपय असमझदारी बढ्नसक्छ, मनमुटाव हुनसक्छ । र, तपाईंहरुले यो सम्बन्धलाई अन्त्य गर्नुहुन्छ ।

जब ब्रेकअप हुन्छ, तपाईंहरुलाई यसले थप पीडावोध गराउँछ । विगतका सम्बन्धलाई सम्झेर भावुक बनाउँछ । एकअर्कासँग खेलेको, रमाएको यादहरुले दुःखी बनाउँछ । तर, समयक्रमसँगै तपाईंहरुको आलो घाउ पुरिनेछ र जीवनको आफ्नो लयमा फर्कनुहुनेछ ।

उन्मुक्तिको अनुभूति

जब तपाईंले आफ्नो सम्बन्धलाई बिट मार्नुहुन्छ, एक हिसाबले उन्मुक्तिको अनुभव हुन्छ । तपाईं ति तमाम झमेला र झन्टझटबाट बाहिर निस्केको अनुभूत गर्नुहुन्छ । न बारम्बर फोन गर्नुपर्ने, न च्याटमा उपलब्ध हुनुपर्ने, न डेटिङ । जन्मदिनमा हाजिर हुनुपर्ने, उपहार दिनुपर्ने अवस्था वा बाध्यता पनि रहँदैन ।

प्रेम सम्बन्धमा रहँदा तपाईंहरु खुसी र आनन्दित मात्र रहनुभएन । तपाईंहरुवीच कति कुरामा असमझदारी भए, झगडा भए । एकअर्काप्रति शंका, अविश्वास पनि गर्नुभयो । आफुले नगरेका गल्तीहरुमा माफी माग्नुपर्ने भयो । कतिपय कुरामा स्पष्टिकरण दिनुपर्ने भयो । प्रेम सम्बन्धलाई टिकाइराख्नका लागि तपाईंले यि तमाम कुराहरु सहनुभयो । जब ब्रेकअप भयो, यी सबै झन्झटबाट मुक्ति मिलेको अनुभव गर्नुहुनेछ ।

परिपक्कता बढ्नेछ

उमेर बढ्दै जाँदा र विभिन्न कुराहरुसँग जुध्दै जाँदा उत्तिनै परिपक्कता पनि आउँछ । प्रेम सम्बन्धमा रहँदा र ब्रेकअप हुँदाको अवस्थामा जसरी तपाईंले आफुलाई सम्हाल्नुहुन्छ, त्यसले तपाईंको अनुभवलाई परिपक्क बनाउँदै लान्छ ।

के कारणले ब्रेकअप भयो त्यस सम्बन्धी तपाईंले आफ्नो गल्तीहरु पनि खोज्नुहुनेछ । आफुले गरेका कमजोरीहरु महसुष हुनेछ । र, बाँकी दिनमा संयमित र परिपक्क निर्णय गर्न सक्नुहुनेछ ।

आफुलाई सुधार्ने मौका

ब्रेकअपले तपाईंलाई धेरै कुरा सिकाउनेछ । तपाईंको कमी–कमजोरी औंल्याइदिनेछ । अतः तपाईंले आफुलाई अरु परिस्कृत र परिमार्जित गर्न सक्नुहुनेछ । आफ्नो व्यक्तित्व विकास गर्नेदेखि आर्थिक र व्यवहारिक रुपमा बलियो बन्ने यत्न पनि गर्नुहुनेछ ।

कार्यदक्षता बढ्नेछ

ब्रेकअपपछि मान्छेमा बदलाको भावना पनि जाग्छ । यसको सकारात्मक प्रभाव के हुनसक्छ भने, उनीहरुले केही गरेर देखाउन खोज्छन् । कुनै न कुनै क्षेत्रमा राम्रो काम गरेर पूर्व प्रेमी–प्रेमिकालाई जित्न चाहन्छन् । यसले उनीहरुको कार्यदक्षता बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment