Comments Add Comment

गण्डकीमा माओवादीले टुंग्यायो मन्त्रीको नाम, बराल अर्थमन्त्री बन्ने

७ साउन, पोखरा । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएको छ ।

सांसद दीपक कोइरालाका अनुसार अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक चर्तीमगर  जाने गरी सहमति जुटेको छ ।

नेपाली कांग्रेससँग बिहीबार मन्त्रालय भागवण्डामा सहमति भएपछि माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री चयन गरेको हो । माओवादीबाट यसअघि मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसकेकी छन् ।

माओवादीले ११ मन्त्रालयमध्ये ४ मन्त्रालय पाउने गरी भागबन्डा गरिएको छ । बराल कास्की, चन्द्रबहादुर बागलुङ र दीपक चर्ती मगर स्याङ्जाका हुन् ।

नेपाली कांग्रेसले पनि मन्त्रीको  नाम टुंग्याउन बिहीबार बैठक गरेको छ । अहिले कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, कुमार खड्का सामाजिक विकास मन्त्री छन् । कांग्रेसले मुख्यमन्त्रीसहित ५ मन्त्रालय पाउने छ । २ मन्त्री मागेको जनता समाजवादीका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् । जसपाले एक मन्त्रालय मात्र पाउने सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

स्वतन्त्र सांसद दीपक मनाङे युवा तथा खेलकुद मन्त्री छन् भने राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ ।

सबै मन्त्रीको टुंगो लगाएर शुक्रबार १ बजे मन्त्रीहरुको शपथ ग्रहण गर्ने तयारी छ । ६० सदस्यीय प्रदेश सभामा संविधानअनुसार गण्डकीमा १२ मन्त्रालय बनाउन सकिन्छ । तर, अहिले ११ मन्त्रालय बनाउने मन्त्री खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

ट्रेन्डिङ

Advertisment