+
+

कांग्रेसको पदाधिकारी बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते १०:४२
फाइल फोटो

८ साउन, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको संयुक्त बैठक जारी छ । बैठक पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा जारी छ ।

बैठक मूलतः महाधिवेशन केन्द्रित छ । बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादवले तथा कृयाशील सदस्य छानबिन समितिका संयोजक रमेश लेखकले कार्य प्रगति विवरण प्रस्तुत गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

त्यसपछि केन्द्रीय समिति बैठक बोलाउनुपूर्व केही जरुरी निर्णयका लागि पदाधिकारी तहले केही सहमति बनाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?