Comments Add Comment

सलोन बस्नेतको निर्माणमा सिरिज ‘हेल्लो ब्रो’ निर्माण

सलोन सलिन फिल्मस्को ब्यानरमा बी एम एच डी टेलिभिजनको प्रस्तुति रहने गरी नेपाली सिरिज ‘हेल्लो ब्रो’ निर्माण भएको छ । यो सिरिजको कार्यकाती निर्मातामा नायक सलोन बस्नेत रहेका छन् । सुरेश न्यौपानेको लेखन तथा निर्देशनमा तयार भएको सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, एलिस्टा सुवेदी, मनिषा ओझा, श्रृष्टी तिमिल्सिना, सन्तोष गिरी, ओजस्वी थापा लगायतका कलाकारको अभिनय छ ।

सुरेश न्यौपानेको कथा, केदार भुषाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त सिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन, बन्दे प्रसादको सम्पादन, शिशिर खाँतीको कोरियोग्राफी, समिर मियाँको भीएफएक्स छ ।

बी एम एच डी टेलिभिजनले सातै दिन नयाँ नयाँ सिरिज र चलचित्र प्रशारण गर्दै आएको छ । यो सिरिज बिहिबारबाट बेलुकी ७ बजे प्रशारण हुन थालेको छ । यस्तै, बिहिबार बेलुकी साढे ७ बजे यो सिरिज बुढा सुब्बाको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment