+
+
Shares

बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते १३:२४

८ साउन, भक्तपुर । ९ र १२ वर्षीया बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका-९ बोडे टिकनी बस्ने ५४ वर्षीय पूर्ण राजबाग रहेका छन् । राजबागलाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।

सोही नगरपालिका-९ स्थित निलबाराही जंगलमा मादक पदार्थ सेवन गरी पूर्णले ती बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको प्रहरीले दाबी गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?