+
+

चिनियाँ राष्ट्रपतिको रुपमा सी जिनपिङको पहिलो तिब्बत भ्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते १४:१२
फाइल तस्वीर

८ साउन, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले पदभार सम्हालेपछि पहिलोपटक चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमण गरेका छन् । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सी बुधबार तिब्बत आइपुगेका हुन् । उनी बिहीबार भ्रमण सकेर फर्किएका छन् ।

विमानबाट न्यिङ्ची शहरमा ओर्लिएका सी त्यहाँबाट रेल चढेर ल्हासासम्म आएका थिए । यो रेल सेवा केही समयअघि मात्र सञ्चालनमा आएको थियो । निर्माण सकिएपछि यो रेल सेवाले तिब्बतलाई सिचुवान प्रान्तसँग जोड्नेछ ।

सिन्ह्वाका अनुसार भ्रमणको क्रममा राष्ट्रपतिले तिब्बतको धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको भ्रमण गरेका थिए । दक्षिण एसियाली मुलुकसँग सीमा जोडिएको तिब्बत चीनका लागि रणनीतिक रुपमा निकै महत्वपूर्ण छ । गत वर्ष भारतको लद्दाखसँग सीमा जोडिएको क्षेत्रमा चीन र भारतका सेनाबीच झडप भएको थियो । उक्त झडपमा दुवैतर्फका सैनिक मारिएका थिए ।

यसअघि सन् २०११ मा सीले तिब्बतको भ्रमण गरेका थिए । जतिबेला उनी चीनको उपराष्ट्रपति थिए । १९५० मा चिनियाँ सेना तिब्बत आएका थिए । त्यसयता चीनले तिब्बतमा आफ्ना सेनाको उपस्थिति बढाउँदै लगेको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?