Comments Add Comment

प्रभु बैंकले दुई लाख कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्ने

८ साउन, काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । दुई लाख २ हजार १८६ कित्ता संस्थापक सेयर लिलाम बढाबढबाट बिक्री गर्ने बैंकले जनाएको छ ।

उक्त सेयर खरिदका लागि साउन १५ गतेदेखि २९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । बिक्री गरने सेयर संस्थापक समूहमा नै रहने गरी लिलाम बिक्री गर्न लागेको बैंकको भनाइ छ ।

सेयर खरिदका लागि संस्थापक सेयरधनी, ईच्छुक व्यक्ति तथा संगठित संस्थाले आवेदन दिन सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य २१० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १००० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सोभन्दा बढीको लागि १० ले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment