+
+
Shares

पूर्वसभामुख नेम्वाङलाई देउवाको प्रश्न : धारा ७६(५) किन लेख्नुभयो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते १५:५३

८ साउन, काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा प्रमुख विपक्षी नेकपा एमालेका उपनेता सुवासचन्द्र नेम्वाङले थुप्रै प्रश्न उठाए । रोष्टममा उभिएर करीब ५० मिनेट लामो भाषण गरेका उनले आफ्नो दलको एउटा समूहसँग गठबन्धन गरेको र सर्वोच्च अदालतले त्यसलाई वैधता दिएको भन्दै असन्तुष्टि जनाए ।

नेम्वाङको ५० मिनेटको प्रश्नको जवाफ प्रधानमन्त्री देउवाले भने केही मिनेटमा दिएका छन् ।

संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङलाई उनको प्रश्न छ, संविधानको धारा ७६(५) किन लेख्नुभयो ? पूर्वसभामुख समेत रहेका नेम्वाङ स्वयंले बीचमा संसद भंग हुने छैन भनेको उनले स्मरण गरे ।

नयाँ सरकार गठका क्रममा राष्ट्रपतिले ७६(५) अनुसार कुनै पनि संसद सदस्यले बहुमत पुर्‍याउन सक्छ भन्ने आह्वान गरेपछि आफूहरु गएको उनले स्मरण गरे । नेपाली कांग्रेसका सभापति देउवाले आफ्नो दलका सांसदहरुलाई फ्लोर क्रस गराउने कांग्रेस र माओवादीले ह्वीप जारी गरेको नेम्वाङको दाबीको खण्डन गरे ।

संविधान बनाउने क्रममा धारा ७६(५) किन लेखियो भनेर प्रष्ट पार्नुपर्ने पूर्व सभामुख नेम्वाङले ह्वीप लगायो भनेर आरोपित गरेको उल्लेख गर्दै देउवाले भने, पार्टी सांसदहरुलाई काठमाडौं आइदिनुस् भन्नु ह्वीप लगाएको होइन नि ।’

सम्बोधनका क्रममा नेम्वाङले सरकारलाई दिएको सुझाव भने मननयोग्य भएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?