Comments Add Comment

थप २,९७७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्‍यु

८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २,९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ र ३६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणबाट १८ जनाको मृत्‍यु भएको छ भने १६७८ जना निको भएका छन् ।

शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ । तीमध्ये ९ हजार ६७९ जनाको मृत्यु भएको छ भने ६ लाख ३९ हजार ३६८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ जना रहेका छन् । जसमध्ये २४ हजार ९८३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६७८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८२ जना आईसीयू र १७५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ५६ बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४१०, झापामा ३०१, चितवनमा १८६, कास्कीमा १७६, ललितपुरमा १३४ र सुनसरीमा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङमा ९५, भक्तपुरमा ६९, नवलपरासी पूर्वमा ६६, मकवानपुरमा ४२, रुपन्देहीमा ३४, नुवाकोटमा ३३, गोरखामा ३०, दाङमा २९, बागलुङमा २६ जनामा कोरोना संक्रमण देखिएको छ ।

धनकुटा र म्याग्दीमा १६/१६ जना, इलाममा १३, काभ्रेपलाञ्चोमा १२, रामेछाप र तनहुँमा ११/११ जना र धादिङमा १० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment