+
+
Shares

स्रोत नखुलेको ४० लाखसहित झापामा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ९ गते १८:०४

९ साउन, काठमाडौं । झापामा स्रोत नखुलेको ४० लाख ३७ हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो १२ बजे झापा गाउँपालिका- २ बेलाईतिवारीबाट स्थानीय ५० को गौरी मण्डललाई भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४० लाख ३७ हजार ६७० रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले मण्डललाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?